• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्योतिपुञ्ज मोडेल रामपुरमा विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न




दाङ। दाङको घोराही उपमहानरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कूलमा आज मंगलबार विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुर दाङको आयोजना र राप्ति आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो ।
बढ्दो आधुनिकतसँगै विद्यार्थीहरुले मोवाइल, टेलिभिजन जस्ता उपकरणको प्रयोग गर्ने र त्यसका कारण उनीहरुको आँखामा समस्या आउन सक्ने भन्दै विद्यालय हरेक बर्ष आँखा जाँच कार्यक्रम गर्दै आइरहेकोमा यस बर्षपनि सोहि कार्यक्रम गरिएको प्रिन्सिपल भण्डारीले बताउनुभयो ।

कक्षा २ देखि ८ कक्षासम्म दुइ सय बढी विद्यार्थीहरुको आँखा जाँच गरिएको थियो । चश्मा लगाउनुपर्ने ५ जना विद्यार्थीहरुलाई निशुल्क चश्मा समेत बितरण गरिएको विद्यालयले जनाएको छ ।
राप्ति आँखा अस्पताल रक्षाचौर दाङका नेत्र सहायक सुष्मा बस्नेत, कार्यक्रम संयोजक पूर्ण वली, अस्मिता अधिकारी र हिरा वलीको समूहले आँखा जाँच कार्यक्रम गरेको थियो ।

पाँच बर्षदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कूलले प्रविधिमा आधारित शिक्षण प्रणाली सहित नियमित मासिक अभिभावक अन्र्तिक्रिया, विद्यार्थीहरुका लागि फोकस कार्यक्रम, मासिक बिषय तथा बस्तुगत परीक्षा सगै विद्यार्थीहरुलाई सिर्जनात्मक र स्वास्थ्यमा टेवा पुग्ने गरी बिभिन्न कार्यक्रम गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments