• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगालाई नेपाल शिक्षक महासंघको ज्ञापनपत्र




निराजन सिर्पाली
रुकुमपूर्व । नेपाल शिक्षक महासंघ पुथा उत्तरगंगा गाउँपालिका कार्य समिति रुकुमपूर्वले पुथा उत्तरगंगा गाउँपालिकाकाे शिक्षा युवा तथा खेलकुद शाखालाई ज्ञापनपत्र बुझाएको छ । आइतबार महासंघले प्रमुख प्रशासकीय अधिकृत मार्फत शिक्षा युवा तथा खेलकुद शाखालाई ज्ञापनपत्र बुझाएको हाे ।

महासंघले पुथा उत्तरगंगा गाउँपालिकाले पछिल्लो समय लिएका केही शिक्षा विधेयकहरु खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक महासंघ पुथा उत्तरगंगा गाउँपालिका कार्य समितिका अध्यक्ष दिपक बुढा मगरले जानकारी दिनुभएको छ ।

“उक्त ज्ञापनपत्रमा यस पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गत नेपाल शिक्षक महासंघ पुथा उत्तरगंगा गाउँपालिकाकाे पालिका शिक्षक, महासंघ कार्यसमितिले पनि विगत आफ्नो स्थापनाकाल देखिनै यस पालिकाका सम्पूर्ण शिक्षक विद्यालय कर्मचारीहरुकाे पेशागत हकहितका लागि आवाज उठाँउदै आएको छ । तसर्थ यस पुथा उत्तरगंगा गाउँपालिकाले लिएको कार्यविधि कुनै पनि शिक्षा सँग सम्बन्धित सराेकार राख्ने, कुनै पनि व्यक्तिहरु सँग छलफल, अन्तरक्रिया तथा परामर्श नै नगरी ल्याइएको विद्यालय शिक्षक तथा कर्मचारीहरुकाे आन्तरिक काज सरुवा कार्यविधि विद्यालय शिक्षा, विधेयक र ऐन सँग बाझिने गरि ल्याइएकोले साे प्रक्रिया कार्यविधिबाट शिक्षक तथा विद्यालय कर्मचारीहरु हताेत्साही भई निरुत्साहित बनाउने भएकोले उक्त कार्यविधिलाई तत्काल खारेज गरि पछिल्लो मन्त्री परिषदबाट मिति २०८१ जेष्ठ १३ गते स्वीकृत भएको शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ अनुसार याे कार्यविधि कार्यान्वयन गर्न हुन याे ज्ञापनपत्र यस पुथा उत्तरगंगा गाउँपालिकाकाे कार्यालयमा जाेडदार माग राख्दै याे ज्ञापनपत्र पेश गरिएको छ भनिएको छ ।”

तर गाउँपालिकाले भने याे विधेयक कुनै पूर्वाग्रही तरिकाले नभई नितान्त शिक्षा सुधारकाे लागि ल्याइएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले बताउनुभएको छ । प्रमुख्रमुख प्रशासकीय अधिकृत बि.क. ले यस बिषयमा थप नेपाल शिक्षक महासंघसँग छलफल गरि समस्याको हल निकाल्ने बताउनुभएको छ । उहाँले समग्र शिक्षा सुधारका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।

Facebook Comments