दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा सङ्गठन सुदृढीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
शनिबार जिल्लाको घोराहीमा प्याब्सन दाङले एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरेको हो ।
तालिममा सङ्गठनलाई सुदृढीकरणमा नेतृत्वको भूमिकाका विषयमा प्रशिक्षण दिइएको थियो । साथै तालिममा नेतृत्व विकास कसरी गर्ने भन्ने सन्दर्भमा पनि प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले सङ्गठन सुदृढीकरण तथा तथा नेतृत्व विकास विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीले सङ्गठन सुदृढीकरणका लागि आवश्यक ज्ञान र सीप तथा प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसीले आध्यात्माले नेतृत्व क्षमतामा पार्ने प्रभाव विषयमा प्रशिक्षण दिएका थिए । साथै कार्यक्रममा मानव कल्याण समाजका अध्यक्ष सुमी मानवले सङ्गठन तथा नेतृत्वले समाज सेवासँग जोडिनुपर्ने आवश्यकताका विषयमा धारणा राख्नुभएको थियो ।
तालिममा प्याब्सन दाङ अन्तर्गतका जिल्ला कार्यसमिति, पालिका कार्यसमिति, फोकल पर्सन, महाधिवेशन प्रतिनिधि तथा विभागका संयोजकहरुको सहभागिता रहेको थियो ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
