• १ बैशाख २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीमा मिनी ओलम्पिक शुरु




घोराही । विद्यालय स्थापनाकालबााटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले आठौं वार्षिकोत्सवको अवसरमा सातदिने मिनी ओलम्पिक शुरु गरेको छ । गुरुकुल एकेडेमी घोराहीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यमा बिहीबार एक कार्यक्रम गरी सातदिने खेलकुद गतिविधिसहित मिनी ओलम्पिक शुरु गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि सुबेदीले विद्यालयस्तरबाट नियमित शिक्षासँगै अतिरिक्त क्रियाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादन मात्रै नभई व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भूमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताउँदै महासंघ अध्यक्ष सुवेदीले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल विद्यालयका रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा मिनी ओलम्पिक कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव आरके शितलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताउनुभयो । विद्यालय स्थापनाको छोटो समयमा बालबालिका र अभिभावकको मन जित्दै गुणस्तरीय एवम् व्यवहारिक शिक्षामा जोड दिएको एकेडेमीले जिल्लास्तरमा आफूलाई अब्बल बनाउँदै लगेको हुँदा आगामी दिनमा देशकै प्रतिष्ठित शिक्षालय बनाउनतर्फ विद्यालय प्रशासनलाई सुझाव दिनुभयो ।

यसैगरी गुरुकुल एकेडेमी विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले सुझाव मनन गर्दै गुरुकुल सफल बनाउन मेहनत गर्ने र सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिनुभयो । साथै उहाँले शिक्षा संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल एकेडेमीले सफलताको आठौं बर्षमा तुलसीपुर र लमहीमा पनि विद्यालय संचालनमा आएको पनि बताउनुभयो । उहाँले गुरुकुल एउटा सोच भएका कारण यसै अनुरुप काम अगाडि बढाउने पनि बताउनुभयो ।

बिद्याल प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रम पश्चात् खेल शुरुभएको हो । संस्कार प्रमुख भुगोल कँवर मगरको स्वागत मन्तब्यबाट शुरुभएको औपचारिक कार्यक्रमको सहजीकरण आईएसए संयोजक ईन्द्र प्रशाद पोख्रेलले गर्नुभएको थियो ।

आगामी १६ गतेसम्म हुने मिनी ओलम्पिकमा ज्याभलिङ थ्रो, लङ जम्प, सटपुट, १०० र २०० मिटर दौड, चेस, फुटसल, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेटलगायत खेल हुने छ । आज पहिलो दिन बास्केटबल ,ब्याडमिन्टन , टिटि , चेस खेल भलिबल हुने खेल प्रशिक्षक तथा संस्कार संयोजक भुगोल कँवर मगरले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीमा आफ्नो १० औँ वार्षिकोत्सव माघ १९ गते मनाउने तयारी गरेको छ ।

Facebook Comments