खुमबहादुर सुनार
लिवाङ । रोल्पाको लुङ्ग्री गाउँपालिकाको आयोजनामा सडक मर्मत र डकर्मीसम्बन्धी १५ दिने तालिम शुभारम्भ गरिएको छ। गाउँपालिका अध्यक्ष भरतकुमार थापाको अध्यक्षतामा उक्त तालिम बुधबारदेखि सुरु भएको हो।
तालिम उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर घर्तीले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले स्थानीय रोजगार सृजनामा योगदान पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा कन्सल्टेन्सीका प्रतिनिधि पवन वली, प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष जोखबहादुर बुढाथोकी र उपाध्यक्ष दिलकुमारी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सहभागी परिचयात्मक सत्रको सहजिकरण तथा मन्तव्य कार्यक्रम संयोजक भिम प्रकाश ओलीले गर्नुभयो।
उपस्थिति र सहभागीहरू उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर घर्ती, वडा नं २ का कार्यवाहक वडा अध्यक्ष गोविलाल घर्ती, कार्यपालिका सदस्य गौना बिष्ट, कृषि शाखा प्रमुख भुपेन्द्र पाण्डे, सूचना प्रविधि अधिकृत असिम घिमिरे, आर्थिक प्रशासन शाखा प्रमुख निमराज सुवेदी, योजना शाखा प्रमुख आदर्श केसी, पशु शाखा प्रमुख निसा श्रेष्ठ, प्रशिक्षक कालुराम डागी र रमेश वलीसहित गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति थियो।
तालिममा वडा नं १ देखि ७ सम्मका ४० जना सहभागी रहेका छन्। वडा नं १, २, ३, ४, र ६ बाट ५/५ जना, वडा नं ५ बाट ९ जना र वडा नं ७ बाट ६ जना सहभागी भएका छन्।
तालिमका क्षेत्र र सहयोग तालिम दुई विधामा विभाजन गरिएको छ। २० जना सडक मर्मत कार्य र २० जना डकर्मी कार्यमा प्रशिक्षण लिनेछन्। यस तालिममा विश्व बैंक, प्रधानमन्त्री रोजगार कार्यक्रम र लुङ्ग्री गाउँपालिकाको सहयोग रहेको छ।
कार्यक्रम सञ्चालन तथा सहजिकरण रोजगार संयोजक सुन्दरबहादुर घर्तीले गर्नुभएको थियो। तालिमले स्थानीयस्तरमा दक्ष जनशक्ति उत्पादन गरी रोजगार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
