घोराही । घोराही–१४ झिगौँरामा चार दिन देखी जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने भएको छ ।
नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा आज मंगलबार नायक पहल शाह , चर्चित मोडेल रुविना अधिकारी गायिका तथा उद्घोषिका रुपा घर्ती मगर , मोडेल तथा उद्घोषक विजय पुन ,गायक प्रेम दिवस घर्ती मगर, गायिका सन्जिता बुढा मगर डान्सर सुरक्षा मगर , डान्सर साकिरा मगर बाल कलाकार शान अधिकारी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ ।
मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ ॥
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।