• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) को केन्द्रिय उपमहासचिव लुम्बिनी प्रदेश कोटामा दाङका हिमाल महराको उम्मेदवारी घोषणा




दाङ। अखिल (क्रान्तिकारी) को २३ औँ रास्ट्रीय सम्मेलनको १२ गते हुन गईरहेको निर्वाचनमा केन्द्रिय उपमहासचिव लुम्बिनी प्रदेश कोटामा दाङका हिमाल महराको उम्मेदवारी घोषणा गर्नु भएको छ।

बिगत १२ वर्ष देखि क्रान्तिकारी तर्फबाट विद्यार्थी राजनीतिमा रहनु भएका महरा राजनीति शास्त्र संकाय ब्यबस्थापन संकाय स्नातकोत्तर तह र बिज्ञान संकायमा स्नातक तहसम्म अध्ययन पूरा गर्नु भएको छ भने भौतिक शास्त्रमा स्नातकोत्तर तह अध्ययनरत हुनुहुन्छ। उहाँले उपमहासचिव पदमा उम्मेदवारी दिँदै, सबैका सामुमा शैक्षिक एजेन्डाहरु प्रस्तुत गर्नु भएको छ ।

यस्ता छन् उहाँका एजेन्डाहरु :
गुणस्तरीय र निःशुल्क शिक्षा:
-सबैका लागि समान र सर्वसुलभ शिक्षाको सुनिश्चितता।
विद्यार्थी अधिकारको संरक्षण:
-दुर्व्यवहार, भेदभाव, र भ्रष्टाचारमुक्त शैक्षिक वातावरण निर्माण।
प्रविधिमैत्री शिक्षा:
-ग्रामीणदेखि शहरी क्षेत्रसम्म डिजिटल पहुँच र आधुनिक शिक्षण पद्धतिको विकास।
रोजगारीमुखी पाठ्यक्रम:
-अध्ययनपश्चात रोजगार सुनिश्चित गर्न व्यावसायिक र प्राविधिक शिक्षा प्रणालीलाई सुधार।
छात्रवृत्ति र सुविधा वृद्धि:
-आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विशेष कार्यक्रमहरू।
शैक्षिक संस्था स्वायत्तता:
-शैक्षिक संस्थाहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन पहल।
अनुसन्धान र नवप्रवर्तनको प्रवर्द्धन:
-वैज्ञानिक सोच र अनुसन्धानको वातावरण सिर्जना।

Facebook Comments