• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्यबस्थासंगै अबस्था फेर्न माओवादीले नै चाहिन्छ भन्ने जनताले बुझेः अपार




तुलसीपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले ब्यबस्था पनि माओवादीले फेरेको भन्दै अबस्था पनि माओवादीले नै फेर्ने कुरा जनताले बुझिसकेको बताएका छन् । त्यसकै फलस्वरुप पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको उनको भनाई छ ।

पार्टीको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ कमिटिको तेस्रो अधिवेशनको खुल्ला शत्रलाई सम्बोधन गर्दै माओवादी युवा, दलित, उत्पिडित समुदायसहित सामाजिक क्षेत्रमा स्थापित , क्रान्तिकारी, प्रगतिशिल ब्यक्तीहरुको पार्टी भएको भन्ने कुराको बुझाई भएपछि पनि आकर्षण बढेको बताए ।

अर्को तर्फ दुई ठूला पार्टी काँग्रेस र एमाले मिलेर बनाएको सरकारले ६ महिनासम्म कुनै आशालाग्दा काम नगरेकाले पनि माओवादीप्रति नै जनताको आशा रहेको बताए । प्रचण्ड सरकारमा हुँदा भ्रष्टाचारका फाईलमाथि गरेको ‘एक्सन’ र अहिलेको सरकारले भ्रष्टाचारका फाईल खोल्न कुनै चासो नदेखाउनुले पनि जनताले मूल्यांकन गरेको उनको भनाई थियो । यो सरकारले देशलाई उल्टै ऋणमा डुबाएको समेत बताए ।

अहिले पार्टी अध्यक्ष प्रचण्ड देशब्यापी कार्यक्रममा हिडिरहेको अबस्थामा देशब्यापी उभार देखिएको कुराले पनि त्यो कुरा प्रष्ट रहेको अपारले बताए । पार्टी सदस्यहरुको सम्पति सुद्धिकरण गर्ने गरि पार्टीले निर्णय गरेको भन्दै यो कुराले पनि अन्य पार्टी भन्दा फरक देखिएको बताए ।

यसले पार्टी नेतृत्वको आम्दानीको स्रोत के होरु भन्ने कुरा प्रष्ट हुने उनको भनाई थियो । अर्को तर्फ समाजवाद कुनै चिन, रुसबाट ल्याउने नभई आफ्नै समुदायबाट जन्माउने कुरा रहेको बताए । समाजवादलाई गिजोल्ने प्रयास भएको भन्दै गाउँमा मानिश मर्दा मलामी जाने कुरा, विवाह हुदा बर्सिको हाल्न जाने कुरा, एउटालाई पर्दा अर्कोले सहयोग गर्ने कुरा नै समाजवाद भएको भन्दै यसरी जनतालाई बुझाउनु पर्ने उनको भनाई थियो ।

खुल्ला शत्रको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारी, प्रदेश कमिटि सदस्य साउने चौधरी, प्रदेश परिषद सदस्य तुलसी थापा, पार्टीका नगर अध्यक्ष मोहन थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै भरत चौधरीको अध्यक्षतामा पार्टीका वडा कमिटि गठन गरिएको छ ।

Facebook Comments