• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु




रुकुमपश्चिम । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चौरजहारी बजारबाट घर जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

लामिछानेको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

Facebook Comments