घोराही । घोराही–१४ झिगौँरामा शनिबारदेखि सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने भएको छ ।
नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा आज गायिका टिका सानु, निता पुन, गाएक टेक बि.सी, अमर रोका, डान्सर निशा सुनार र चाहाना मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ ।
मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाइ रहेको छ ॥
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।