• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अवैध सम्बन्धबाट शिशु जन्मिएपछि डस्टबिनमा फ्याँकेर हिँडिन् १७ वर्षीया किशोरी




दाङ। प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहितको सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।जिल्ला प्रहरी कार्यालय, प्यूठानका डीएसपी दिपेश बस्यालका अनुसार बिहीबार राति नै शव फाल्ने किशोरी र किशोरलाई नियन्त्रणमा लिइएको हो । दुवै नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

स्थानीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दैजाँदा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले आफूले उक्त बच्चा फालेको स्वीकार गरेको बस्यालले जानकारी दिए ।‘मेडिकल जाँच गर्दा मृत भेटिएको शिशु जन्मिएको ५/६ दिन भएको पाइयो,’ डीएसपी बस्यालले भने, ‘पक्राउ परेकी किशोरीले पनि आफूले उक्त बच्चा फालेको स्वीकार गरेकी छिन् ।’

तीनै किशोरीको थप बयानबाट प्रहरीले १८ वर्षीय एक किशोरलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालत प्यूठानबाट शुक्रबार म्याद थप गरेर ती किशोरमाथि अनुसन्धान भइरहेको छ ।

शिशुको हत्या आफू एक्लैले गरेको किशोरीले प्रहरीलाई बयान दिएकी थिइन् । ‘शिशुको शव आफू एक्लै फ्यालेको किशोरीले स्वीकारिन्,’ अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक केशव केसीले भने, ‘ती शिशुको मृत्यु हुँदा युवक नभए पनि उनीहरूबीच सम्पर्क भइ रहेको देखिन्छ ।’

प्रहरी स्रोतका अनुसार किशोरीको बुवाको मृत्यु भइसकेको छ भने आमा रोजगारीको सिलसिलामा दुबईमा छिन् ।

पक्राउ परेपछि ती युवतीले तीन महिनासम्म आफू मोटाएको हो कि भन्ने लागेको प्रहरीसमक्ष बताएकी छिन् ।

९ महिना पुगेपछि नै बच्चालाई जन्म दिएको किशोरीले प्रहरीलाई बताएकी छिन् । ‘बच्चा रुन थालेपछि मुख थुन्दा मृत्यु भएको उनले बताएकी छिन्,’ ती प्रहरी अधिकारीले भने ।

यद्यपि बच्चा कति समयमा जन्मिएको भन्ने खुलाउन मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

अझै पनि सालनाल झरिनसकेका कारण अहिले उनलाई जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि भर्ना गरिएको छ ।

अनुसन्धानका क्रममा किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी रहेको खुलेको छ । बुवा गुमाएकी र आमा विदेशमा भएकी ती किशोरी पढ्नका लागि भन्दै आफन्तकोमा बस्दै आएकी थिइन् ।

किशोर भने सरुमरानी गाउँपालिकाकै हुन् । थप अनुसन्धान भइरहेको डीएसपी बस्यालले बताए ।

Facebook Comments