• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा प्रथम पर्यटन तथा साँस्कृतिक प्रदर्शनी माघे मेलाको तयारी पूरा




‎घोराही । घोराहीमा सञ्चालन हुन थालेको ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला’को सम्पूर्ण तयारी पूरा भएको छ । ‎नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा माघ ५ गतेदेखि ११ गतेसम्म घोराहीमा हुन थालेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनीको माघे मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो ।
‎प्रदर्शनीको शनिवार घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढामगरले जानकारी दिएका छन् । अध्यक्ष बुढामगरका अनुसार महोत्सव उद्घाटन पूर्व विहान ११ बजेदेखि घोराहीको सहिद लखन थापा पार्कबाट साँस्कृतिक पहिचान झल्कने भेषभुषा,झाँक्रीसहितको ¥याली निकालिने भएको छ ।

‎प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाका लागि स्थल स्टल निर्माणसँगै सम्पूर्णलाई निमन्त्रणा गरिसकेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाका प्रचारप्रसार समिति संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् । प्रचारप्रसार समितिका संयोजक रोका अनुसार मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न खानाका परिकारसँगै भेषभुषा, बाल उद्यान, पिङलगायतका मनोरञ्चजनका साधनहरु राखिने भएको छ ।

‎सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको छ । मेलाको उद्घाटन कार्यक्रममा उपस्थीतिका लागि नेपाल मगर संघ घोराही नगर समितिले सम्पूर्णमा अनुरोध गरेको छ ।

Facebook Comments