घोराही । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यालर्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । बिभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जिल्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ । सफलताको खुट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसीपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ ।
विद्यारर्थीहरुको लागि अत्यधिक सेवा सुविधा दिँदै आएको विद्यालयले एकपछि अर्को सुविधा दिँदै आएको छ । यसै अवसरमा गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थीहरुको लागि निशुल्क स्केट पार्क संचालनमा ल्याएको हो । दाङ जिल्लामै पहिलोपटक स्केट पार्कसहितको विद्यालय भएको विद्यालयले बताएको ।
मनोञ्जनको लागि विद्यार्थिहरु ब्यबसायिक रुपमा खोलिएका स्केटपार्कमाप्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थीहरुको लागि हटेको विद्यालयको भनाइ छ । पढाइसँगै अन्य अतिरिक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षासहित खेलकुदमा विद्यार्थीहरुको सर्वाङ्गिन विकास गर्ने उद्देश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले जानकारी दिनुभयो ।
गुरुकुल एकेडेमी लमहीमा स्केटपार्क संचालनमा आउनु विद्यार्थीहरुको लागि सुखद र फाइदाजनक कार्य रहेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका ठकुरीले पार्कको उद्धटन गर्दै यस्तो बताउनुभएको हो ।
आगामी दिनमा गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरुले स्केट पार्कमा निशुल्क रुपमा प्रयोग गरी यसबाट मनोरञ्जन लिन सक्नेछन् ,” ठकुरीले भन्नुभयो” साथै विद्यालयले यहि माघ २१ गते सरस्वति पुजाको अवसरमा निशुल्क भर्ना समेत खोलेको छ । सिमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालिकाहरुको भर्ना गरी शैक्षि संगै अतिरिक्त कृयाकलाप तथा ब्यबहारिक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी तुलसीपुरले पनि विद्यार्थीहरुको लागि स्केटपार्कको सुविधा थप गरी यस अघिनै संचालनमा ल्याएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।