• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थारू बस्तीमा माघीको रमझम




बाँके । पश्चिम नेपालका थारू बाहुल्य जिल्लाहरू बाँके र बर्दियालगायतका अधिकांश थारू गाउँबस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ । दुवै जिल्लाका अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्ने, ढिकरी बनाउने, दुनाटपरी र जाँड तयार पार्ने काम भइरहेको थारू अगुवाले जनाएका छन् । बाँके मैटहवाका थारू अगुवा राजेन्द्र चौधरीले भन्नुभयो, “माघीको तयारीस्वरूप माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम चलिरहेको र राति नाचगान पनि सुरु भइसकेको छ । ”

बाँके नौबस्ताका अर्का थारू अगुवा शङ्करसिंह थारूका अनुसार जिल्लाका अधिकांश थारू गाउँमा अहिले माघीकै लागि सुँगुर घर घरमा बाँधेका देखिन्छन् भने महिलाहरू दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् ।

महिलाले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको उहाँले बताउनुभयो । नौबस्तामा दुनाटपरी बनाउँदै गरेकी पार्वती थारूले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताउनुभयो । सोही गाउँकी निशा चौधरीले माघीका लागि अचार बनाउन व्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक महिनादेखि पात र दाउराको जोहो गरेकी थिएँ ।”

मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएकी निशाले माघीका लागि विशेष परिकारका रूपमा लिइने ढिकरी भने माघी आउन दुईरचार दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो । अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ ।

Facebook Comments