दाङ । पछिल्लो समयकी चर्चित मोडल नारायणी खत्रीले एकपछि अर्को हिट म्युजिक भिडियो प्रस्तुत गर्दै आफ्नो स्थान मजबुत बनाएकी छिन्। हालै सार्वजनिक भएको उनको नयाँ म्युजिक भिडियो ‘करिमैले पो के गर्छ काइँला’ले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ। यो भिडियोले केही दिनमै १२ लाखभन्दा बढी पटक हेरिएको छ।
खेम सेन्चुरी र देवी घर्तिको स्वरमा सजिएको ‘करिमैले पो के गर्छ काइँला’ गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने खेम सेन्चुरीकै लय रहेको छ। मौसम हिमालीको कथा र निर्देशनमा बनेको भिडियोमा नायक पल शाह र नारायणी खत्रीको मुख्य अभिनय रहेको छ।
भिडियोको छायांकन पूर्वी रुकुमको गाउँमा गरिएको छ। मोडल खत्रीका अनुसार भिडियोको कथा उनकी आमाको सपना पूरा गर्ने जीवन घटनासँग मेल खान्छ। आमाको यो सपना पूरा भएपछि उनले खुसीसाथ आफ्नो कपाल पनि फालेको बताइन्।
तर, आमाको सपना पूरा हुँदा उनले त्यो देख्न पाइनन्। आमाको चाहना थियो कि नारायणीले पल शाहसँग म्युजिक भिडियो खेलून्। यो सपना पूरा भए पनि क्यान्सरका कारण २०७९ चैत ११ गते उनकी आमाको निधन भएको थियो।
मोडल खत्रीले आमाको सपना पूरा गर्न कडा मेहनत गरेर बनाएको यो गीत सबैले माया गरिदिएकोमा खुसी व्यक्त गरेकी छिन्।
गीत सार्वजनिक भएलगत्तै टिकटक र फेसबुक रिल्समा धेरै भिडियो बनेका छन्। ‘नारायणी खत्री’ युट्युब च्यानलमार्फत यो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।