सल्यान । सल्यानमा बुधबार बिहान दिदीबहिनी घरमै मृत भेटिएका छन् । बन्गाड कुपिण्डे नगरपालिका-११ गलगोलका टेकमान राना र पुर्णिमा रानाका छोरीहरू ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन् ।
दुई बहिनी मृत अवस्थामा भेटिएपछि अहिले प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए । कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उनले बताए ।
बालिकाका बाबु टेकमान रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका छन् । आमा पूर्णिमालाई सोधपुछ गर्दा केही नबोलेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धानमा जुटेको उनको भनाइ छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।