• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लालीगुराँस युवा क्लबको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का निर्वाचित




विकास खड्का
रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका- ३ बागमारा रहेको लाली गुराँस युवा क्लबको ११औं अधिवेशन सम्पन्न भएको छ।

आइतबार बागमारामा सम्पन्न भएको अधिवेशनले हिरालाल खड्काको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा पूर्णबहादुर बुढा र दिपेन्द्र चन्द, सचिवमा मदन डाँगी, सहसचिवमा खुम केसी र कोषाध्यक्षमा चित्रबहादुर केसी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा मधुकर चन्द, खुम रिजाल, अनिल पुन, शेर बहादुर बुढा , निर्मला डागी , रेशम थापा, रमेश बुढा, रेखा बिक, अनिता थापा र आकाश पुनमगर चयन भएका हुन् ।

क्लबका कार्यबाहक अध्यक्ष हिरालाल खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संगठन विभाग सदस्य सचिव विश्वकुमार चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

क्लबका सदस्य अनिल पुनमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण क्लबका सदस्य खुम रिजालले गरेका थिए ।

 

Facebook Comments