• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्य कार्यालय रोल्पालाई १५ केभिए क्षमताको जेनेरेटर र ल्यापटप वितरण




खुमबहादुर सुनार
रोल्पा । स्वास्थ्य सेवा सुदृढीकरण र खोप व्यवस्थापनलाई थप प्रभावकारी बनाउन रोल्पा स्वास्थ्य कार्यालयलाई १५ केभीए क्षमताको जेनेरेटर र ९ थान ल्यापटप हस्तान्तरण गरिएको छ।

स्वास्थ्य सेवा विभाग, काठमाण्डौ र लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको समन्वयमा युनिसेफ नेपालले यी सामग्रीहरू प्रदान गरेको हो। उक्त सामग्रीहरू एक कार्यक्रमका बीच वितरण गरियो।

कार्यक्रममा बोल्दै रोल्पा स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले खोप तथा कोल्ड चेन स्टोरलाई नियमित रूपमा सञ्चालन गर्न जेनेरेटरले २४ सै घण्टा विद्युत् आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “स्वास्थ्य सेवा सूचना प्रणालीलाई प्रविधिमैत्री बनाउन ल्यापटपले स्वास्थ्य सेवा सुधारमा टेवा पुर्‍याउनेछ।”

कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवल, युनिसेफ नेपालका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवा सुधारमा यस्ता सहकार्यलाई आवश्यक मान्दै कार्यक्रमका सहभागीहरूले युनिसेफ र प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे। साथै, यस्ता पहलले स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिने कुरामा जोड दिइयो।

रोल्पा जिल्लामा खोप व्यवस्थापनलाई व्यवस्थित गर्न र सूचना प्रणालीलाई डिजिटल बनाउन यी उपकरणहरूले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Facebook Comments