कमल खड्का
रोल्पा । छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएपछि महेन्द्र माध्यमिक विद्यालय होलेरी रोल्पाले खुसी व्यक्त गर्दै उत्सव मनाएको छ । गत वर्षको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि महेन्द्र माध्यमिक विद्यालय प्रथम नै भएको थियो।
प्रथम भएपछि आफ्ना विद्यार्थी खेलाडीहरूको हौसला वृद्धिका लागि उक्त विद्यालयले एक कार्यक्रम गरी उत्सव मनाएको हो।
गतवर्ष विभिन्न विधाका खेलहरूमा सहभागी भएर १६ वटा स्वर्ण पदक हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने यस वर्ष विभिन्न विधाका खेलहरूमा विद्यार्थी खेलाडीहरुलाई सहभागी बनाएर १५ वटा स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ।
यसैगरी ६ स्वर्ण पदक सहित सूर्योदय माध्यमिक विद्यालय मसिना द्वितीय स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै ४ स्वर्ण पदक सहित भीमसेन माध्यमिक विद्यालय शैवाङ तृतीय स्थान हासिल गर्न सफल भएको छ भने ३ स्वर्ण पदकसहित ब्यवस्थापककाे जिम्मेवारी पाएकाे सरस्वती माध्यमिक विद्यालय सतिम सान्त्वना स्थान हासिल गर्न सफल भएको छ।
रनिङ शिल्डमा प्रथम स्थान हासिल गरेपछि महेन्द्र माध्यमिक विद्यालयले कार्यक्रमकाे एक र्याली निकाली बजार परिक्रमा गरेर उत्सव मनाएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।