घोराही । पठन संस्कृति निर्माणका लागि यस अघि गठन भएको अध्ययन मंच दाङ पुनर्गठन भएको छ ।
शनिबार घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य थम्मन बस्नेतले बताए । जसमा महेश बस्नेत, श्रद्धा धिताल , बिन्दु गिरी, थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी, बिपिन आचार्य लगायत रहेको बताइएको छ ।
पठन संस्कृति कमजोर हुँदा समाज रचनात्मक एवं सभ्य बन्न नसक्ने बताउदै संयोजक बिसीले कला, साहित्य र सिर्जनात्मक लेखनमा गम्भीरतापुर्वक काम गर्न यो अभियान सुरु गरिएको बताए ।
साथै बिसीले दाङका प्रबुद्ध व्यक्तित्वहरुको सहयोगमा पुस्तक पठन अभियानलाई बल पुग्ने कार्यक्रमलाई तिव्रता दिइने सुनाए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।