• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस युनियनले गर्यो महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान




घोराही । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाका पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय पदाधिकारी तथा सदस्य एवम राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यलाई सम्मान गरेको छ । संगठनले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले सञ्चार क्षेत्रलाई आफ्नो नियन्त्रमा राख्न खोजेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पोख्रेलले यसका बारेमा सञ्चार क्षेत्र सचेत भएर अगाडि बढनुपर्ने समेत बताउनुभयो । बिचौलीयाको कारण मिडिया क्षेत्र समस्यामा परेको समेत पोख्रेलले बताउनुभयो । राज्यले विज्ञापन एजेन्सीको मार्फत सञ्चार माध्यममा विज्ञापन दिएर एजेन्सीलाई फाइदा पुग्ने काम गरेको बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतमले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न महासंघले पहल गर्नुपर्ने बताउनुभयो । प्रेस युनियन लुम्विनी प्रदेशका अध्यक्ष सुदीप गौतमले साझा संस्थामा कसैलाइ निषेध गर्न नहुने बताउनुभयो । साँझा नेतृत्व बहन गरेर अगाडि बढन समेत उहाँले आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले संकटमा रहेका सञ्चार माध्यमहरुलाई बचाउन सामूहिक प्रयास गरिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारीता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अगाडि बढन नेतृत्वलाइ सुझाव दिएका थिए । उनीहरुले सबैको सहयोगमा नै समस्याको समाधान गर्न सकिने बताए ।

उपाध्यक्ष गोपाल शर्मा भट्टराइको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, महासंघका सल्लाहाकार दुर्गालाल केसी, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, महासंघका उपाध्क्ष नारायणी रजौरे, सचिव जे एन सागर, राष्ट्रिय परिषद् सदस्य तथा युनियनका पुर्व अध्यक्ष शुसिल बस्नेत लगायतकाले भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय पदाधिकारी तथा सदस्य एवम राष्ट्रि परिषद् सदस्य, प्रदेश परिषद् सदस्यलाइ टीका र माला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रम युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षितीज भण्डारीले गर्नुभएको थियो ।

 

Facebook Comments