• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महासंघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम




घोराही । नेपाल निजामती कर्मचारी संगठन दाङले नेपाल पत्रकार महासंघमा  दाङ जिल्लाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संगठनले शनिबार घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन दाङ जिल्लाका अध्यक्ष शेरबहादुर केसीले कार्यक्रमको बारेमा विषय प्रवेश गराउँदै यो संगठन देशको शासन प्रणाली र सेवा प्रवाहमा अब्बल संस्थाको रुपमा रहेको बताए । संगठनले जिल्लामा रहेर हरेक वर्ष रचनात्मक काम गर्दै आइरहेको र त्यसको प्रचारप्रसार गरेर पत्रकार महासंघ दाङले  महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा आगामी दिनमा पनि  संगठन र पत्रकार महासंघबीच आपसी सम्बन्ध अझै प्रगाढ हुनेमा उनको जोड थियो ।  संघीय निजामती ऎन जारी नहुँदा सरकारको तीनै तहमा काम गर्ने कर्मचारीहरु अप्ठ्यारोमा परेको भन्दै सरकारले संघीय निजामती ऎन जारी गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासनले यो संगठनले विगतदेखिनै सामाजिक कार्यमा राम्रो भूमिका निर्वाह गर्दै आएको बताए । उनले अगामी दिनमा अझै संगठनलाई सामाजिक कार्यमा क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले कर्मचारी संगठनले जिल्लामा गरेका हरेक   सामाजिक कामहरु उत्कृष्ट रहेको बताए । उनले  दाङमा पत्रकार महासंघ र निजामती कर्मचारी संगठनबीचको सम्बन्धलाई अझै राम्रो बनाउन पत्रकार महासंघ सधै साथ र सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन दाङ जिल्लाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासन, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

संगठनका सदस्य भुपेन्द्र मल्लको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण संगठनका सहसचिव मोहनसिं सुनारले गरेका थिए ।

Facebook Comments