• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गढवामा लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक न्यायका लागि बहु-सरोकावालाहरूको साझा पहल




आलोक भावुक
गढव । दाङ देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार सुरक्षा तथा न्याय संग सम्बन्धित बिषय बस्तुको बारेमा बहु सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा आपराधिक हिंसा तथा सामाजिक सुरक्षाका अन्य कारण, लैङ्गिक हिंसा न्युनिकरण साथै नेपाल प्रहरी र त्यससँग सम्बन्धित अन्य जिम्मेवार सेवा प्रदायकको सेवा प्रवाह क्षमतालाई सबलीकरण गर्ने उद्देश्यले बहु सरोकारवालाहरुसंग छलफल गरिएको हो।

बेलायत सरकारको आर्थिक सहयोग तथा UNOPS NEPAL र पिपल इन निड PIN को प्रविधिक सहयोगमा गढवा गाउँपालिकाको सभाहलमा सुरक्षा तथा न्याय कार्यक्रम सम्पन्न भएको हो।

छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन-निर्माण हुनु गौरबको बिषय भएको बताउनुभयो। गढवा गाउँपालिकामा सेफ हाउसको स्थापनाका खातिर योगदान पुर्‍याउने दातृ निकाय, ईप्रका गढवाका प्रहरी निरीक्षक कालिका कार्की लगायत सम्पूर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले भवन निर्माण पश्चात महिला बालबालिका तथा जेष्ठ नागरिक र अल्पसंख्यक लगायतका लागि बरदान साबित हुने बताउनु भयो। सुरक्षाको दृष्टिकोणले ईप्रका गढवाको परिसरमा स्थापना हुन लागेको बताउदै प्रहरी निरीक्षक कार्कीले सबैको साथ सहयोग र समन्वयबाटै सफल हुने बताउनु भयो।

सन् २०२४ सालदेखि २०२७ साल सम्म् लागु हुने यस कार्यक्रम नेपालका सात वटा पालिकाहरुमा सञ्चालन भैरहेको छ भने दोस्रो चरणमा थप ५ वटा पालिकाहरुमा गढवा गाउँपालिका समेत छनौट भएको छ। बहु बर्षिय परियोजनाले

बहु वर्षिय परियोजनाले दिगो बिकाशका लक्ष्यहरू लैङ्गिक समानता, शान्ति र न्यायिक क्षेत्रमा कार्यक्रम गर्ने बताएको छ। सामुदायिक प्रहरी साझेदारी सरोकारवालाहरुलाई थप प्रतिनिधित्वमुलक र जवाफदेहीता बनाउन कार्यक्रम गर्दै आएको छ । SJP परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा २ करोड भन्दा बढिको लगानीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन शिलान्यास भैसकेको छ। भवन निर्माण पश्चात लैङ्गिक हिंसामा परेका महिला, बालबालिका तथा जेष्ठ, अल्पसङ्ख्यकहरुलाई सेवा प्रदान हुने छ।

नयाँ भवन निर्माण पश्चात समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रोत्साहित गर्ने उद्देश्य अनुरुप UNOPS नेपाल नेपाल प्रहरी संगको समन्वयमा गढवा गाउँपालिका वडा नम्बर ६ मा केन्द्रित रही समस्या समाधान मुलक अबधारणा कार्यान्वयन गर्ने योजना रहेको ईप्रका गढवाका प्रहरी प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

छलफल कार्यक्रममा गढवा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलास चन्द्र चौधरी, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ईप्रका गढवाका प्रहरी निरीक्षक कालिका कार्की, पुर्व आईजी मिरा चौधरी, सन्तोष खतिवडा, सिर्जना कार्की, गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, बिभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, नागरिक समाज, टोल बिकाश संस्थाका प्रतिनिधि, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

Facebook Comments