रुकुमपूर्व । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पालिकाको केन्द्र तकमा तीन दिनसम्म चलेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहिबार सम्पन्न भएको हो । अध्यक्षमा संगम रोका निर्वाचित हुनुभएकाे छ ।
अध्यक्ष पदको लागि संगम रोका र गंगा पुन, सचिवमा राजकुमार सुनार र शुक्रराज विक तथा कोषाध्यक्षमा दलप्रसाद रोका र देविका सुनारको उम्मेदवारी परेकाे थियो ।
२३ मत प्राप्त गरेर संगम रोका अध्यक्षमा निर्वाचित हुनभएको हो । रोकाका प्रतिस्पर्धी गंगा पुनले २१ मत प्राप्त गर्नुभयाे । यस्तै सचिवमा राजकुमार सुनारले १७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी शुक्रराज विकले १२, मैत्या घर्तीले १० तथा उज्वल सेनले ५ मत प्राप्त गरेको निर्वाचन अधिकृत कलिभान बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोषाध्यक्षमा दलप्रसाद रोकाले २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी देविका सुनारले १७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा थमन बुढा, रामकुमारी बुढा र रजग सुनार तथा सह सचिवमा लाेकेन्द्र पुन सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत टुंगिएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा निर्वाचन गरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । यो सँगै जिल्लाका तीन वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । सिस्ने र भूमेमा सर्वसम्मत नेतृत्व चयन भएकाे थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।