• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ फोटोग्राफरद्वारा २ दिने फोटोग्राफी तालिम सुरु




घोराही । दाङ जिल्ला फोटोग्राफर एशोसियनको आयोजनामा तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा २ दिने फोटोग्राफी तालीम घोराहीमा सुरु भएको छ ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका घोराही  उपमहानगरपालिका उप प्रमुख हुमाकुमारी डिसिले फोटोमार्फत पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउन सबैलाई आग्रह गरिन । फोटोले हजार शब्दको वर्णन गर्ने भन्दै उनिले दाङ जिल्ला फोटोग्राफर एसोसिएसले सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गरेको समेत बताइन्  । पर्यटन प्रबद्र्धनका लागि उपमहानगरपालिका हरदम तयार रहेको बताउँदै नगर उप प्रमुख डिसिले सहकार्यका लागि अघि बढ्न आग्रह समेत गरिन । उनले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताइन्  ।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्ष तथा घोराही उपमहानगरपालिकाको उप प्रमुख हुमा कुमारी डिसिको प्रमुख अतिथिमा  भएको उद्घाटन कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका  सचिव गणेश दंगाल,  दाङ जिल्ला फोटोग्राफर एसोसिएसन दाङका निवर्तमान अध्यक्ष वसन्त न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

इण्डोर, आउट्डोर फोटोग्राफी र लाइटिङ सम्बन्धि चल्ने २ दिने फोटोग्राफी तालिमका प्रशिक्षक नेपाला फोटोग्राफर महासंघका महासचिव डिगम्बर राजबंसी रहेका छन् ।

एसोसिएसनका कार्यसमिति सदस्य एंव तालिम संयोजक याम बहादुर आर.सी.को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव  लक्ष्मण न्यौपानेले गरेका थिए ।

 

Facebook Comments