• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माघ १० देखि लमहीमा सातौँ कृषि, पर्यटन र व्यापारीक महोत्सव हुने




लमही। देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ।

लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो।

शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीले लमहीमा पत्रकार सम्मेलनमार्फत महोत्सव संचालन गर्न लागेको जानकारी दिनुभयो। महोसत्सवबाट संकलित रकम आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने वाणिज्य संघले जनाएको छ।

पत्रकार सम्मेलनमार्फत कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको संघका अध्यक्ष ठकूरीले बताउनुभयो। महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएकोछ।

यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। त्यसैगरी जेष्ठ नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ। महोत्सवमा आफ्नो संस्थाको पोसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट हुनेलाई उचि पुस्कार प्रदान गरिने छ। देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सहजिकरण संघका महासचिव इश्वर पोख्रेलले गर्नुभएको थियोे। वाणिज्य संघले यसभन्दा अगाडि छवटा मेला महोत्सव संचालन गरिसकेको छ।

महोत्सवमा पार्किङ्कको निशुःल्क व्यवस्थापन गर्ने जनाइएको छ भने नेपाल औषधी व्यवसायी संघ दाङसंग समन्वय गरि महोत्सव अवधिभर निशुल्क प्राथमिक उपचार केन्द्रको लागि स्टल राखिनेछ भने लमही नगरपालिकासंग समन्वय गरि महोत्सवमा बारुण यन्त्र समेत राखिने भएको आयोजकले जनाएको छ। साथै कोइलाबास नाकालाइ सुचारु गर्नका लागि भारतीय व्यापार मण्डल बलरामपुर र तुलसीपुरका पदाधिकारीलाई समेत महोत्सवमा सहभागी गराउने आयोजाकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

Facebook Comments