घोराही । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा वडा नम्बर ६ र १३ विजयी हुँदै सेमिफाईनल प्रवेश गरेका छन् ।
घोराही १८ नवलपुर फुटबल मैदानमा भएको पहिलो क्वाटर फाईनल खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित भएपनि दोस्रो हाफमा वडा नम्बर ६ का लागि आशिष सोमान र भीमसेन महराले १–१ गोल गरे ।
यसैगरी, दोस्रो क्वाटरफाइनलमा वडा नम्बर १३ ले वडा नम्बर १८ लाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नम्बर १३ का लागि रेवन बुढा र विक्रम जिएमले समान १–१ गोल गर्दै सेमिफाइनलमा पुर्याए ।
अब शुक्रबार तेस्रो क्वाटर फाईनलमा समुह सी को विजेता वडा नम्बर १४ र समुह ए को उपविजेता वडा नम्बर १६ बीच बिहान साढे ११ बजे खेल हुनेछ । सोही दिन क्वाटर फाईनलको चौथो खेल समुह डी को विजेता वडा नम्बर १५ र समुह बी को उपविजेता वडा नम्बर ३ बीच अन्तिम चारमा प्रवेशका लागि साढे २ बजे खेल हुनेछ ।
घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत वडा नम्बर २, ३, ६, १३, १४, १५, १६ र १८ अन्तिम आठमा प्रवेश गरेका नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।
पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको प्रतियोगितामा समुह ए बाट वडा नम्बर १, ७ र ११, समुह बी बाट वडा नम्बर १२, १९, समुह सी बाट वडा नम्बर ५, १० तथा समुह डी बाट वडा नम्बर ४, ८, र १७ लिग चरणबाट बाहिरिएका छन् । जारी प्रतियोगितामा लिग चरणका ३४ खेल सकिँदा कुल १ सय ५६ गोल भएको छ ।
पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।