दाङ । नेपाल विद्यार्थी संघ दाङ र प्याप्सन दाङ बीच ३ बुँदे सहमति भएको छ । नेविसंघ दाङले थालेको मेरो शिक्ष, मेरो प्रश्न को अभियान विद्यालयमा छात्रावृत्ति, दोहोरो भर्ना, शिक्षा ऐन विपरित चलेका विद्यालय विरुद्ध नेविसंघले आवाज उठाएको थियो । समस्याको समाधान गर्नका लागी आज नेविसंघ र प्याप्सनबीच बैठक वसी ३ बुँदे सहमति भएको थियो ।
नेविंघका दाङ जिल्ला अध्यक्ष कुलराज पोख्रेल र प्याप्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको संयुक्त हस्ताक्षर गरिएको सहमती पत्रमा छात्रवृति प्राप्त गरेका, गर्ने विद्यार्थीहरु बाट लिएको शुल्क २०८१ पौष मसान्त सम्म समायोजन गरि छात्रवृति विवरण सम्वन्धित पालिकाको सामाजिक विकास महाशाखामा बुझाउने ।
दोहोरो भर्ता तथा कक्षा वृद्धि गर्दा भर्ना शुल्क लिन नपाइने र लिएको शुल्क २०८१ जैष मसान्त सम्म समायोजन गर्ने । शिक्षा ऐनमा व्यवस्था भए बमोजिम वार्षिक शुल्क दुई महिना बरावर्ता मात्र लिन पाईने नियम भन्दा बढि लिएको देखिएमा सो रकम समायोजन गर्ने गरी सहमती पत्रमा उल्लेखित छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।