दाङ। विजय लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न शाखाहरुबाट देशभर वित्तीय साक्षरता कार्यक्रम अभियान संचालनमा ल्याएको हो ।
सोमबार संस्थाले दाङको घोराहीमा करिव ५० बढी सदस्य सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बचत, कर्जा, बिमा, कालोसुची, उद्यमशिलता, कर्जाको सदुपयोग लगाएतका विषयमा अनुगमन अधिकृत कुमबहादुर थापाले जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका घोराही उपमहानगरपालिका ४ का वडाअध्यक्ष मधुसुदन शर्माले लघुवित्त र सदस्यको नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउनु भएको थियो ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत कुमबहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा घोराही शाखा प्रमुख किरण घिमिरेको स्वागत मन्तव्य गर्नु भएको थिय भने सहजीकरण प्रतिक गोराथोकीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
