दाङ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा महेन्द्र बहुमुखी क्याम्पस दाङको ६५औं वार्षिकोत्सब आइतबार मनाएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनोज डिसिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री मा. राजु खनालको प्रमुख अतिथिमा एक कार्यक्रममा गरि वार्षिकोत्सब मनाएको छ।
प्रमुख अतिथि समेत रहनुभएका मा खनालले व्यावहारिक, सीपयुक्त र रोजगारमा सहजै जोडिनसक्ने सिकाइ अहिलेको मुख्य आवश्यकता भएको बताएका थिए । उनले शैक्षिक विकासको लागि शिक्षक, विद्यार्थी एवम् अभिभावकको दायित्व भएको समेत बताए ।
उक्त कार्यक्रममा वार्षिकोत्सबमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा गायक कृष्ण रेउले लगायतले आफ्नो सांस्कृति प्रस्तुति दिएका थिए ।
लुम्बिनी प्रदेश माननीय निमा गिरि, क्याम्पस प्रमुख भरतराज न्यौपाने,पूर्व स्ववियु सभापति एबं प्राध्यापक संघ केन्द्रिय सदस्य प्रकाश श्रेष्ठ र सुन्दर गौतम, प्राध्यापक संघ महेन्द्र बहुमुखि क्याम्पस दाङका इकाई अध्यक्ष दिनेश भट्टराई, शंकर धिताल, नवराज सुवेदी, पुर्ब स्वबियु सभापति बालकृष्ण डाँगी र प्रविण शर्मा नेविसंघका केन्द्रिय सदस्य निरज गिरी लगायतले मन्तव्य राखेका थिय ।
स्वबियु उपसभापती दिपेन्द्र खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव वसन्त भण्डारीले गरेका थिय ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।