रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला भेला सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । भेलाले रमेश थापा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह वली र बालाराम डाँगी रहेका छन । त्यस्तै समितिको सदस्यहरुमा एचबि घर्तीमगर, टेकनाथ गिरी, मुना डाँगी, कर्ण जंग केसी र बल बहादुर बढामगर रहेका छन् ।
भेलाको उद्घाटन लुम्बिनी प्रदेशका पार्टी सभापति तथा केन्द्रिय सदस्य देवरावज पाठकले केपी ओली नेतृत्वको सरकारले आफ्नालाई बचाउने र रास्वपालाई फसाउने प्रपञ्च गरिरहेको उनले आरोप लगाए । रास्वपाले रोल्पा सहित ६१ जिल्लामा जिल्ला भेला सम्पन्न गरी नयाँ नेतृत्व चयन गरी सकेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।