• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र भूमेको अध्यक्षमा दिपक पुन




रुकुमपूर्व । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुकुमपूर्व भूमे गाउँ समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित हुनु भएको छ । भूमे–२ खाबाङबगरमा शुक्रबार उद्घाटन गरिएको तेस्रो गाउँ समितिको अधिवेशन शनिबार देखि बन्दसत्र सुरु गरिएको थियो । शनिबार दिनभर चलेको बन्दसत्रबाट आइतबार बिहान सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा दिपक पुन मगर, उपाध्यक्षमा नारायण पुनमगर, टेकप्रसाद बुढामगर र कमल बुढा मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ भने सचिवमा ओमकुमारी राना मगर, सह–सचिवमा कुमार बिक र कोषाध्यक्षमा रामचन पुन मगर पुन सहित ४५ सदस्यीय गाउँ समिति सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती, जिल्ला सह इञ्चार्ज रामसुर बुढामगर, जिल्ला संयोजक कुमारी बराल लगायत नेताहरुको उपस्थित रहेको थियो ।

Facebook Comments