• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेधावी छात्रा प्रतियोगिता २०८१ सम्पन्न 




दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङकाे आयाेजनामा मेधावी छात्रा प्रतियोगिता २०८१ सम्पन्न भएकाे छ । शनिबार जिल्लाकाे घाेराहीस्थित दीपशिखा आवासीय माविमा प्रतियोगिता सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले विगत १९ वर्षदेखि सञ्चालन हुँदै आएकाे मेधावी छात्रा प्रतियोगिता प्याब्सन दाङकाे गाैरवकाे कार्यक्रम रहेकाे बताए । `विगत १९ वर्षदेखि सञ्चालन हुँदै आएकाे मेधावी छात्रा प्रतियोगिता प्याब्सन दाङकाे गाैरव कार्यक्रम हाे । याे कार्यक्रमले प्याब्सन दाङमा आवद्ध विद्याहरूका विद्यार्थीहरूमा निखारता ल्याउनुका साथै आत्मविश्वास बढाउन टेवा पुर्‍याएकाे छ ।´ प्रमुख अतिथि गिरीले बताए  ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सल्लाहकार नारायण प्रसाद अधिकारीले मेधावी छात्रा प्रतियोगिताले विद्यार्थीलाई स्वमूल्याङ्कनमा सहयाेग पुर्‍याएकाे छ ।  `प्रमुख विषयका प्रश्नहरू समेटिने प्रश्नपत्रकाे माेडालिटीले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई मद्दत पुर्‍याएकाे छ । यस्ता गाैरवका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।´ अधिकारीले बताए ।

प्रतियोगितामा ४५ विद्यालयमा १३० जना छात्रा सहभागी रहेका थिए ।

कार्यक्रममा एपेक्स कम्प्युटर्सका डाइरेक्टर धर्मबहादुर के.सी, १८ ओैँ  मेधावी छात्रा ओना बुढाथाेकी लगायतलाई शुभकामना मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बरिस्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले गरेका थिए भने कार्यक्रमकाे सहजीकरण   सचिव आदिम के.सीले गरेका थिए ।

 

Facebook Comments