• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्याब्सन घोराहीको भलिबल प्रतियोगिता : गुरुकुल एकेडेमी तेस्रो 




घोराही ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घोराही नगर कमिटीको आयोजनामा अन्तरविद्यालयीय शिक्षक भलिबल प्रतियोगिता २०८१ मा गुरुकुल एकेडेमी तेस्रो भएको छ ।

शनिबार भएको क्वाटर फाइनल खेलमा पशुपति विद्याआश्रम नारायणपुर लाई २५–१२ , २१–२५ , १५ –८ को सोझो सेटमा हराउदै सेमि फाइनल प्रवेश गरेको थियो । तेस्रो स्थानको लागि भएको स्टार बोर्डिङ स्कुल घोराही लाई २५–२१ , २५–१९ को सोझो सेटमा हराएको थियो । गुरुकुल एकेडेमी घोराहीको समुहमा कप्तान जित बहादुर भण्डारी , मेघनाथ बस्नेत , भुगोल कवँर मगर , इन्द्र पोख्रेल , रुपेश खत्रि ,विशालमान श्रेष्ठ , यामराज चौधरी , भुवन आचार्य र राजन अधिकारी अगायतका खेलाडि रहनुभएको थियो । तेस्रो स्थान हासिल गरेको समुहलाई भोली विद्यालयले एक कार्यक्रमका विच सम्मान गर्ने भएको छ ।

प्याब्सन घोराहीमा आबद्ध १५ ओटा विद्यालयका १६ ओटा समुहहरुको सहभागीता रहेको खेलमा गुरुकुल एकेडेमी तृतीय र स्टार बार्डिङ स्कुल सान्त्वना भएका छन् भने पहिलो गोरखा र दोस्रो मेचिकाली भएका हुन । गत १० गतेदेखि सञ्चालित प्याब्सन घोराही शिक्षक भलिबल प्रतियोगिता २०८१ शनिबार सम्पन्न भएको थियो ।

मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलको खेलमैदानमा सञ्चालित उक्त खेलका प्रथम विजेता समुहलाई १० हजार राशी सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी, दोस्रो विजेतालाई आठ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, तेस्रो र चौथो समुहलाई क्रमशस् छ हजार र चार हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । खेल अवधिभर कृष्ण डाँगी, हेमराज घर्ती, राजेन्द्र चन्द ठकुरी र कपिल बुढाथोकीले रेफ्रिको भूमिका निर्वाह गर्नुभएको थियो ।

Facebook Comments