• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरस्वती माविको ४४ औं बार्षिकोत्सव सम्पन्न




दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले आज शनिवार एक कार्यक्रम गरी विद्यालयको ४४ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा एंव घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन । घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकास लागि सवै एक भएर लाग्नु पर्ने बक्ताहरुको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । बाषिकोत्सव समारोहमा वर्षभर नियमित शिक्षक गोमा वलि, सेवा निबृत शिक्षक रमेश गौतमलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयमा बिभिन्न चन्दादाताहरुले स्थापनका गर्नु भएको अक्षयकोषबाट बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो ।

सरस्वती माध्यमिक विद्यालयका प्लस टु कोर्डिनेटर हेमराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, माबी रझेनाका प्रधानाध्यापक उद्दव न्यौपाने लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयको सहायक प्रधानाध्यापक प्रकाश डाँगीले गर्नु भएको थियो ।

Facebook Comments