रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिममा पालिकाहरुमा पुस १३ र १४ गते हुने अधिवेशनको तयारी पुरा भएको छ । ६ वटै पालिकामा एकैसाथ शनिबार र आइतबार अधिवेशन हुँदै छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरुमा अधिवेशनको तयारी पुरा भएको माओवादी केन्द्रका प्रचार विभाग प्रमुख मेगराज खडकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिका अधिबेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिबेशन कार्यविधी २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यन्वनमा आएको छ । जसले अधिबेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग गुग्ने विश्वास लिएको छ । जिल्लाका सबै ६ वटा पालिकामा अधिबेशन एकैमितिमा उत्सवको रुपमा आयोजना र सम्पन्न हुने प्रचार विभाग प्रमुख खड्काले बताउनुभयो ।
पालिका अधिबेशन पहिलो पटक निर्वाचन प्रक्रियाबाट सम्पन्न हुन लागेका हुन । कार्यविधि अनुसार सबै पालिकामा निर्वाचन समिति गठन भएर प्रचलनमा आईसकेको प्रचार विभाग प्रमुख खड्काले जानकारी दिनुभयो ।
यसपटक पहिलेको जस्तो ठुलो समिति नहुने , सानो आकारको ७ पदाधिकारी सहित नगर समिति ५५ जना र गाउँ समिति ४५ जना भन्दा ठुलो संख्याको समिति नहुने पार्टीले जनाएको छ । त्यस्तै नेतृत्व चयन गर्दा पार्टी र सरकारमा दोहोरो जिम्मेवारी नहुने, पदाधिकारी सहित सदस्यहरुमा महिला, दलित, जनजाती, खसआर्य, ४० वर्ष मुनिका युवाका साथै भौगालिक र जनसंख्याको आधारमा समाबेशी सिद्धान्तलाई अनिवार्य गरिएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।