दाङ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन निर्वाचित केन्द्रित भएको छ । यसपटक विद्यार्थीहरुले नीति र नेतृत्व दुबैमा मतदान गर्दैछन् ।
पुस १३ गते नीति निर्णय लिन देशव्यापी मतदान हुँदैछ भने पुस १७ गते नेतृत्व चयनका लागि प्रादेशिक तहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि मतदाता नामावली सार्वजनिक भएको छ । जसमा कूल २४०५ मतदाता रहेका छन् ।
पहिलो चरणमा पुस १३ गते ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।
दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।