घोराही । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न ३ खेलमा वडा नम्बर १५ र १७ विजयी हुँदा वडा नम्बर १ र १६ ले बराबरी खेलेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा लिग चरणका खेल अन्तरगत प्रतियोगिताको चौधौँ दिनको पहिलो तथा पन्धौँ खेलमा समुह डी मा रहेका वडा नम्बर १७ ले वडा नम्बर ४ लाई ७–० गोल अन्तरले हराएको छ । समूह डी मा रहेका वडा नम्बर १७ र ४ बिच भएको खेलमा वडा नम्बर १७ ले ७–० ले जित्दै ३ अंक जोडेको छ ।
वडा नम्बर ७ का लागि हेमन्त बिकले २ गोल गर्दा सौरभ चौधरी, उत्तम खड्का, चित्र घर्ती मगर, नारायण बुढाले १–१ गोल गरे । खेलको ३० मिनेटमा सौरभ चौधरीले गरेको क्रस बल क्लियर गर्ने क्रममा वडा नम्बर ४ का मिलन बिकले आत्मघाती गोल गरे । लिग चरणको २ खेल खेलिसकेको वडा नम्बर ४ जित विहिन छ । उसले अझै २ खेल खेल्न बाँकी छ ।
प्रतियोगिता अन्तरगत लिगको पन्ध्रौैं तथा बुधबारको दोस्रो खेलमा समुह डी कै वडा नम्बर १५ ले वडा नम्बर १३ लाई २–१ गोल अन्तरले हराएको छ ।
पहिलो हाफको ३७औँ मिनेटमा वडा नम्बर १३ का कप्तान विक्रम जिएमले गोल गर्दै अग्रता दिलाए । उनले वडा नम्बर १५ का डिफेन्डर उमेश चौधरी, समीर नेपाली, शेखर नेपालीलाई बल छलाउँदै करिव ३० यार्डबाट गरेको प्रहार जाली चुमेको थियो ।
तर दोस्रो हाफको खेल वडा नम्बर १५ को पक्षमा रह्यो । वडा नम्बर १५ का जीवन बुढाथोकीले दोस्रो हाफको १० मिनेटमा डिफेन्डरको कमजोरीको फाईदा उठाउँदै गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । कडा प्रतिष्पर्धा रहेको खेलमा खेलको २९ मिनेटमा गोलकिपर अघि आएको फाईदा उठाउँदै सुशील बानियाले अर्काे गोल गरेपछि वडा नम्बर १५ ले २–१ गोलको नतिजा निकाल्दै खेल जित्यो । वडा नम्बर १५ ले दुई खेलबाट ६ अंक जोडेको छ । उता, ३ खेल खेली सकेको वडा नम्बर १३ को पनि ६ अंक हुँदा यो समुहमा रहेको वडा नम्बर १३ र १७ मध्येबाट अर्को चरणमा कुन टीम अघि बढ्छ भन्ने टुंगो अब वडा नम्बर १५ र १७ बीचको खेलले निर्धारण गर्नेछ ।
यस्तै लिगको साह्रौँ तथा बुधबारको अन्तिम खेल भने समुह ए मा रहेका वडा नम्बर १ र १६ ले १–१ गोलको बराबरी खेलेका छन् । दोस्रो हाफको १६ मिनेटमा वडा नम्बर १ का पवन डाँगीले गोल गर्दै टीमलाई अग्रता दिलाएपनि ३२ मिनेटमा वडा नम्बर १६ का रिक्की पुनले जलन चौधरीले पेनाल्टी बक्समा दिएको क्रस पासलाई गोलमा परिणत गरे । चार समुहमा विभाजन गरी खेलाईएको लिग कम नकआउट प्रतियोगितामा छैठौँ दिनसम्मको लिग चरणका १६ वटा खेल सकिँदा कुल ७४ गोल भएको छ ।
घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बिहीबार पनि लिग चरणका ३ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार बिहान वडा नम्बर ११ र ६ बिच बिहान ११ बजे, वडा नम्बर १२ र ३ बिच दिउँसो १ बजे र वडा नम्बर २ र १४ बिच अपरान्ह ३ बजे खेल हुने छ ।
प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।
पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।