कमिरेचौर ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बंगलाचुली गाउँपालिकाको तेस्रो अधिवेशन पौष १३ गते हुने भएको छ। अधिवेसन सम्पन्न गर्नको लागि पार्टीले त्यसको तयारी व्यापक बनाएको छ । अधिवेसनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुहुने बताइएको छ।
अधिवेसनलाई व्यवस्थितरुपमा सम्पन्न गर्नको लागि नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँ पार्टी कमिटीको पदाधिकारी तथा निर्वाचन समितिको संयुक्त बैठक आज सम्पन्न भएको छ। गाउँपार्टी कमिटीका अध्यक्ष डोमाकान्त कुँवर मगरको अध्यक्षता एवं पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम पुन मगरको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो।
अधिवेसन सम्पन्न गर्नका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत तोकेको छ। जस अनुसार राजनीतिक प्रतिवेद लेखनका लागि गाउँपालिका कमिटी अध्यक्ष डोमाकान्तकमर मगर र उपाध्यक्ष गिरिराज बाठालाई जिम्मा दिएको छ। त्यसैगरी आर्थिक प्रतिवेदनका लागि कोषाध्यक्ष वासुदेव महरा ,अतिथि सत्कार मञ्च व्यवस्थापनका लागि उपाध्यक्ष रमाकुमारी पुन, सदस्यहरु चित्रा दमाई र इन्द्र सार्कीलाई जिम्मा दिएको छ । त्यसैगरी प्रचारप्रसारका लागि जीवन नेपाली र मधुसुधन गिरीलाई जिम्मेवारी तोकिएको छ ।त्यसैगरी सम्मेलन व्यवस्थापनका लागि गाउँपालिका कमिटी सचिव दामोदर खड्का र प्रेमबहादुर दमाईलाई जिम्मा दिएको छ। त्यसैगरी प्रतिनिधि पर्वेक्षक दर्ताका लागि गाउँपार्टी कमिटीका सहसचिव शोभाराज विश्वकर्मालाई जिम्मेवारी तोकिएको छ। त्यसैगरी अधिवेशनमा सहिद परिवार, बेपत्ता परिवार ,घाइते अपाङ्ग यातना पीडित, जेल जीवन बिताएका तथा गिरफ्तारी परेका हरुलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ।
बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य एवं बंगलाचुली गाउँपालिका गाउँ कमिटीका इन्चार्ज चुरामणी नेपाली, प्रदेश सदस्य भक्तबहादुर ओली गाउँपालिका उपाध्यक्ष गिरिराज बाठा ,रमाकुमारी पुन,नारायण डाँगी,जेष्ठ कम्युनिष्ट मञ्चका गोकर्ण बहादुर पुन, फनादर बुढा लगायतको सहभागिता रहेको थियो।यसैविच पार्टीको अधिवेशनमा सहभागि हुने प्रतिनिधिले तिन सयरुपैँया र आयोजकले पाँच सयरुपैँया शुल्क अनिवार्यरुपमा तिर्नु पर्नेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।