दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले देशमा अर्थतन्त्रमा देखा परेको समस्याको समाधान देशमा पर्यटक भित्राउन सके मात्र हुने बताए ।
एभिन्यूज टेलिभिजनको आयोजनामा लुम्बिनी प्रदेशको भैरहवामा भएको राष्ट्रिय , अर्थतन्त्र -तिब्र दबाब र प्रभाव , अब निकास के .? भने सरकारी , सार्बजनिक र निजिक्षेत्र बीच बृहत अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन ।
अध्यक्ष जोशीले पर्यटक भित्राउन कतिको पहल गरिएको छ त्यस क्षेत्रमा पनि सरकारले ध्यान दिन पर्ने बताए । भारतको उत्तर प्रदेशमा रहेको २४ करोड जनसंख्या मध्य २० लाख सहित तेस्रो देशका पर्यटक लुम्बिनीको १२ जिल्लामा भित्राउनमा मात्र सके लुम्बिनी प्रदेश लगायत देशको अर्थतन्त्रमा धेरै टेवा पुग्ने समेत बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्नेकर्मा अध्यक्ष जोशीले समृद्ध नेपाल निर्माण गर्नका लागी प्रदेश खारेज गर्नु पर्ने र जनसंख्याको आधार संघीय निर्वाचन क्षेत्र नभएर जिल्लाको आधार एक जिल्ला एक निर्वाचन क्षेत्र हुन पर्ने तर्क राखे । यस्तो गर्दा देशमा आर्थिक भार कम हुने र आर्थिक समृद्ध हुने उनिको भनाइ थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।