• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १६ देखि




देउखुरी । लुम्बिनी प्रदेश सभाको पाँचौ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ। यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो। चौथो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि पाँचौं अधिवेशनको बैठक बस्न लागेको हो।

प्रदेश सरकारले पाँचौ अधिवेशनको तयारी सुरु गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेशन बस्नेगरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

Facebook Comments