घोराही । घोराही उपमहानगरपालिकाको १६ औँ नगरसभा सोमबारदेखि सुरुभएको छ । नगरसभामा नगरप्रमुख नरुलाल चौधरीले १६ औँ नगरसभामा विभिन्न प्रस्ताव पेश गर्नुभएको छ ।
सभामा नगर प्रमुखले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि स्विकृत केही योजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताब पेश गर्नुभएको छ ।
त्यसैगरी अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानून २०८१, पलाष्टिक जन्य बस्तु प्रतिबन्ध विधेयक २०८१, दिसा जन्य लेदो व्यवस्थापनसम्बन्धी नीति २०८१ र आर्थिक ऐन २०८१ को संशोधन प्रस्ताब पेश गर्नुभएको छ ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिब ऋषिराम केसीले उपमहानगरको चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण र महालेखा परिक्षकको कार्यालयले औल्याएको बेरुजुको बिषयमा फच्र्यौटको प्रकृयालाई अघि बढाउने प्रस्ताब पेश गर्नुभएको छ ।
नगरसभाको दोस्रो बैठक यही पुस १७ गते ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।