• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्याब्सन दाङको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण




दाङ  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको १६ अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हिजो सोमबार एक कार्यक्रमको आयोजना गरी प्याब्सन दाङले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीयय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यमा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको होे । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सदस्य केशव थापा, पूर्व केन्द्रीय सदस्य विनयकुमार मिश्र, निर्वाचन समितिका सदस्य महेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष केसीले नवनिर्वाचित अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीलाई मान्युट हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरणपछि निवर्तमान अध्यक्ष केसीले मन्तव्य राख्दै प्याब्सनलाई सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । नव निर्वाचित अध्यक्ष न्यौपाले पइाब्सनले गर्दै आएका र गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता डा. सुदीप गौतमले गरेका थिए ।

Facebook Comments