• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिसहनियाँमा दोस्रो औद्योगिक तथा कृषि, व्यापार महोत्सव सञ्चालन हुने




तुल बहादुर कवँर मगर
सिसहनियाँ  । दाङ देउखुरीको सिसहनियाँमा दोस्रो औद्योगिक तथा कृषि, व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस २५ गतेदेखि माघ ७ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पुर्व क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेको उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिनुभएकाे छ ।

उद्योग वाणिज्य संघ सिसहनियाँले सोमबार आफ्नै कार्यालय सिसहनियाँमा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको छ ।

लाखौंको आम्दानी गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

१२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबर्द्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ ।

महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिनुभयाे ।

महोत्सवमा झुला, चर्खे पिङ, बाल उद्यान समेत रहने बताइएको छ ।

महोत्सवमा १५० बढी स्टल रहने र त्यस मध्ये १० वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहने छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ ।

महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिनुभयाे।

Facebook Comments