घोराही । नेपाली साहित्य तथा समालोचना क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत राप्ती साहित्य परिषद्का अध्यक्ष तथा वरिष्ठ साहित्यकार तथा समालोचक डा.टीकाराम उदासीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।
त्यसैगरी निल सागर संस्था मार्फत वृद्ध तथा असायहरूको सेवा गरे बापत समाजसेवी नील सागरकी संस्थापक सरिता खनाललाई पुरस्कृत तथा स्वास्थ क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए बापत डा. दुर्गा प्रधान(मरोणापरान्त), डा. विनोद खेतानलाई शाश्वत स्मृति सम्मानद्वारा सम्मानित गरिएको छ ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्य, स्वास्थ्य र समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत साहित्यकार , स्वास्थ्यकर्मी तथा समाजसेवीहरूलाई शाश्वत आचार्य स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
शाश्वत स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. जनार्दन आचार्यको अध्यक्षता तथा प्राज्ञ सदस्य तथा साहित्यकार महानन्द ढकाल प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि ढकालले शाश्वत स्मृति प्रतिष्ठानले साहित्य, कला, स्वास्थ्य लगायत समाजसेवाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष तथा साहित्यकार यम रेग्मी साहित्यकारहरू नवीन अभिलाषी,चरित्रा शाह, चन्द्रावती अधिकारीले कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा प्राज्ञ हरिप्रसाद तिमिल्सिना, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङमय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजाल, किरण आचार्य, विष्णु पादुका, भरत रानाभाट, भीमबहादुर शाही, कल्पना खरेल, मणि अर्याल, कल्पना पौडेल ‘जिज्ञासु’ , बद्री ढकाल हिरामणि, खोपीराम ओली, बोधराज प्याकुरेल, नरेन्द्र बहादुर स्वार, भुपेन्द्र सुवेदी लगायत करिव पाँच दर्जन बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो।
नरेन्द्रनाथ योगीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन साहित्यकार खगेन्द्र गिरि कोपिलाले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।