तुलसीपुर । नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँपालिकाको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रिय लेखा आयोगका सदस्य एवं जिल्ला सहइञ्चार्ज रामबादुर दहित ‘अन्जान’को प्रमुख आतिथ्यमा सम्पन्न बैठकले गाउँपालिका अधिवेशनको नारा तय गर्नुका साथ अधिवेशन गर्ने स्थान, प्रतिनिधि छनोटको मापदण्ड बनाएको छ । अधिवेशनको मिति पार्टी केन्द्रिय समिति बैठक गरिने छ ।
बैठकले ‘बेथिति,ढिलासुस्ति र भ्रष्टाचार बिरुद्ध हाम्रो आन्दोलन, सुदृढ पार्टी निर्माणका लागि तेश्रो पालिका अधिवेशन’ नारा तय गरेको भने गाउँपालिका सभाहल बैशामा कार्यक्रम हुने छ ।
बैठकले निमबहादुर केसीको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ, जसमा रोमहर्ष खड्का, क्रिमलाल थारु र टिका ओली सदस्य रहनुभएको छ । त्यस्तै नेवबहादुर रोकाको संयोजकत्वमा राजनैतिक तथा आर्थिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।
जसको सदस्यमा खगेन्द्र शर्मा, तोरण ठाडा र जिवराज पुन रहनुभएको छ ।
बैठकले गिरिराज बस्नेतको संयोजकत्वमा सदस्यहरु पूर्ण ओली, जीवन खड्का, शालिकराम बिक र अशोक भण्डारी रहेको आर्थिक समिति गठन गरेको छ ।
त्यसैगरी हिरा सुनार ‘सारथी’को संयोजकत्वमा भिमराज खरेल र एनवि निर्दोष सदस्य रहेको प्रचार समिति गठन गरिएको छ भने जंगबहादुर पुनको संयोजकत्वमा भरत खड्का र लक्ष्मणप्यारी चौधरी सदस्य रहेको झाँकी तयारी समिति गठन गरिएको छ ।
बैठकले मञ्च व्यवस्थापन संयोजमा तोरण ठाडालाई तोकेको छ भने पिमलाल ओलीको संयोजकत्वमा सदस्य देवराज मल्ल र कुमार जिएम सदस्य रहेको मेस व्यवस्था समिति गठन गरेको छ ।
अतिथि व्यवस्था समितिको संयोजकको जिम्मा खगेन्द्र शर्मालाई दिइएको छ भने एकराज बस्नेतको संयोजकत्वमा दिपेश भण्डारी र सन्तोष बिक सदस्य रहेको युवा स्वयंसेवक परिचालन समिति गठन गरिएको प्रचार संयोजक हिरा सुनार ‘सारथी’ले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।