बिष्णु गाेराथाेकी
घोराही । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर समितिको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा माध्यमिक तह (कक्षा १० सम्म) का विद्यालयहरू सहभागी भएका थिए ।
प्रतियोगितामा जनज्योति विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसैगरी सिद्धान्त एकेडेमी दोस्रो र लिटिल एन्जल स्कूल तेस्रो स्थानमा हासिल गरेकाे छ भने गुरुकुल एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेकाे छ । विजयी विद्यालयहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूको ज्ञानवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। प्रतियोगिता मनकामना इङ्लिस स्कूल चौधेरा , घोराहीमा आयोजना गरिएको थियो । कार्यक्रममा ३० वटा सहभागी विद्यालयहरूले आफ्नो बौद्धिक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कार्यक्रममा प्याब्सन घोराही नगर समितिका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षता एवम् प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका निवर्तमान सल्लाहकार नारायण अधिकारी रहनुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण नगर सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।