दाङ । बबई गाउँपालिकाका वडा नम्बर ३ का दिदिबहिनीहरुले बाख्रा उपहार प्रदान गरेका छन् । समृद्धि स्वावलम्बी समूहका दिदीबहिनीले बाख्रा उपहार प्रदान गरेका हुन् । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना अन्तर्गत बाख्रा प्राप्त गरेका समूहका सदस्यहरुले समूहका अन्य दिदीबहिनीलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।
समुहका बिष्णुमाया बिक, सुस्मिता चन्द ठकुरी, चित्रा मल्ल, पिउमाली डाँगी, डण्डीकुमारी खत्री र कल्पना मल्लले उपलब्ध गराएका बाख्रा हेमा बिक, मेििलना पुन, प्रतिमा वली डाँगी, शोभा भण्डारी, कमला वली र कल्पना डिसीले उपहार प्राप्त गर्नुभएको हो ।
बबई गाउँपालिकाको आर्थिक सहयोग र समाजमा बाताबरणीय शिक्षाको बिकास सीड सस्थाको समन्वयमा हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोग सञ्चालन भएको परियोजना अन्तर्गत बबई गाउँपालिकामा ६४ वटा स्वावलम्बी समूह गठन भएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।