• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाक्लीघाटमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सञ्चालन




घोराही। घोराही उपमहानगरपालिकाको वडा नम्बर २ स्थित चाक्लीघाट क्षेत्रमा मोवाईल सेवा (टावर) सञ्चालनमा आएको छ।

नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा वडा नम्बर २ को झुले डाँडामा टावर स्थापना गरेपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरुभएको भएको हो।

घोराही लमही सडक खण्डको बेलदमारदेखि उत्तर पूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुदा नागरिकहरुले सञ्चार सेवा उपभोग गर्न निकै समस्या भएको थियो। नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपैयाँ लगानी गरेर झुले डाँडामा टावर स्थापना गरिएको हो।

घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम गरि मंगलबार बाट चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भूगोलका कारण अनेक समस्या भए पनि त्यसलाई पार लगाउदै सञ्चार सेवा प्रयोगमा नागरिकहरुलाई जोड्न सफल भएको बताउनुभयो। चाक्लीघाटबाट झुले डाँडामा विद्युत विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो। विकट चाक्लीघाटलाई सुगमता सँग जोडन स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताउनुभयो।

त्यसैगरी, नेपाल टेलिकम काठमाडौका बरिष्ठ अधिकृत केशबराज देवकोटाले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले चाक्लीघाटका स्थानीयलाई सञ्चार सेवामा जोड्नका लागि केही बर्ष पहिले देखि नै गर्दै आएको र अहिले संयुक्तरुपमा काम सम्पन्न भएको बताउनुभयो। नेपाल टेलिकम राष्ट्रनिर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले आफुहरुको जिम्मेवारी अनुसार स्थानीय सरकार सँग मिलेर चाक्लीघाटका जनतालाई सञ्चारको पहुँचमा जोड्न सफल भएको उहाँको भनाई छ। कार्यक्रममा नेपाल टेलिकम घोराहीका प्रमुख सुरेशकुमार शर्माले चाक्लीघाटमा फोन सेवा सँगै स्थानीयहरुलाई निशुल्क नमस्तेको प्रिपेड सिम वितरण गरिएको जानकारी दिनुभयो।

यसैगरी, स्थानीय विरबहादुर वलीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले फोन सेवा सञ्चालन गरेर नागरिकहरुको अधिकारलाई सुनिश्चित गरेको प्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सहजिकरण वडा सदस्य तथा स्थानीय टोपबहादुर डाँगीले गर्नुभएको थियो।

Facebook Comments