• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दोस्रो घोराही नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप शुरु




घोराही ।दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप २०८१ शुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा घोराही १७ धोब्बेस्थित भुपू सैनिक हलमा सोमबारदेखि च्याम्पियनसिप शुरु भएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदास गौतमको प्रमुख आतिथ्यमा प्रतियोगिता उदघाटन भएको हो । सो अवसरमा प्रमुख अतिथि गौतमले खेलकुदको विकासका लागि स्थानीय स्तरमा रहेका खेलाडीको प्रतिभा पहिचानमा यस प्रकारका गतिविधिले सघाउ पुग्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारसँग प्रदेश सरकारले पनि सहकार्य गरेर खेलकुदको वातावरण बनाउने गरी कार्ययोजना अघि सारेको बताउनुभयो । वडा नम्बर १७ का वडा अध्यक्ष रामलौटन चौधरीले वडाले पनि खेलकुद विकास समितिमार्फत विभिन्न खेलकुद गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।

घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले जीवनलाई स्वस्थ राख्ने विधि खेलकुद भएकाले शारीरिक, मानसिक स्वस्थता कायम गर्न खेल सबैका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामि दिनमा पालिकामा हुने सबै खेललाई आवश्यक बजेटमा ध्यान दिईने बताउनुभयो ।
तेक्वान्दो संघ दाङका अध्यक्ष विष्णु अधिकारीले तेक्वान्दो खेललाई पालिकाले सम्बोधन गर्नु सुखद पक्ष भएको बताउँदै तेक्वान्दो खेलमा पालिकाले लगानी गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाको साख जोगाउने काम गरेको तेक्वान्दो खेललाई सही मुल्यांकन गर्ने बेला आएको बताउनुभयो । नेपाल–भारत भुपू सैनिक दाङका सचिव पदम केसीले खेलकुदमा लगानीमैत्री वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, वडा खेलकुद विकास समिति वडा नम्बर १७ का अध्यक्ष दुर्गा खत्रीलगायत बोल्नुभएको थियो । प्रतियोगितामा पालिकाभरका २४ डोजाङका करिव ४ सय खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।

दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिपका खेल संयोजक दामु शर्माको स्वागत मन्तव्यबाट शुरु भएको प्रतियोगिताको सहजीकरण नगर खेलकुद विकास समितिका सदस्य श्रवणकुमार खनालले गर्नुभएको थियो ।
यसैबीच, खेलकुदका माध्यमबाट महत्वपूर्ण भुमिका खेलेको भन्दै राकेश परियार, सुनिता बिष्ट, तेक्वान्दो खेलाडीहरु जस्मिन चौधरी र कमल खड्कालाई सम्मान गरिएको थियो ।

Facebook Comments